Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना


सारांश

आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)देशभरको मौसम साधारणतया बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै,आज दिउँसो बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै,आज रातीको समयमा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक– दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij