Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रग्बी सिरिज भदौ अन्तिम साता


सारांश

रग्बी सिरिज भदौ अन्तिम साता
images

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ ।

सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ । रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको  छ । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij