काठमाडौं । १७ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुलकन्ट्याक्ट कराते च्यापियनशिप काठमाडौंमा भैरहेको छ। माघ २७ गतेदेखि शुरू भएको यो प्रतियोगिता आज माघ २८ सम्म चल्नेछ।
प्रतियोगिताको उद्घाटन चन्द्रागिरीका मेयर घनश्याम गिरीले गएका थिए।यस किसिमको प्रतियोगिता आफ्नो नगरमा सन्चालन भएकोमा खुशी व्यक्त गर्दै आयोजक टीम र बीरकृष्ण महर्जनको खुलेरै तारिफ गरे।
"हाम्रो ठाउँमा बर्सेनि हुने यो प्रतियोगिताले राम्रा राम्रा खेलाडी उत्पादन गरेको छ।" मेयर गिरीले भने,"यस किसिमका प्रतियोगितालाई महत्व हेरेर नगरपालिकाले पनि बजेट विनियोजन गर्दै जानेछ।"
भाईकृष्ण महर्जनको अध्यक्ष तामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, वडा नम्बर ३ का वडाअध्यक्ष राजेन्द्र महर्जन लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए।
अमर महर्जननले सन्चालन गरेको उक्त कार्यक्रममा नेपाल बुदोकैदो का प्रमुख प्रशिक्षक काजीमान श्रेष्ठले अहिलेदेखी यो खेलमा समाएर हान्न नपाईने नियम राखिएको बताए।
अध्यक्ष बीरकृष्ण महर्जनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै यो प्रतियोगिता लाई निरन्तरता दिन नगरपालिका ले आर्थिक सहयोग बढाउनुपर्ने आवश्यकता औं ल्याए। उनले भने, " हामीले निकै दु:खका साथ यो खेल सन्चालन गर्दै आएका छौं, अब नगरपालिकाले पनि सहयोग गर्नुपर्यो।
हिजो र आज २ दिनसम्म चल्ने उक्त प्रतियोगितामा कंचनपुर, बझाङ लगायत का स्थानबाट खेलाडीहरू काठमाडौं आएका छन।