सारांश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ।
क्यानले आगामी फागुन २ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सिरिजका लागि टिम घोषणा गरेको हो।
सिरिजका लागि घोषणा गरिएको टिममा रोहित पौडेल कप्तान छन् ।