Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

ऐतिहासिक कराते पदक विजेता एरिका गुरुङलाई सम्मान


सारांश

ऐतिहासिक कराते पदक विजेता एरिका गुरुङलाई सम्मान
images

काठमाडौं । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।

नेपाल कराते महासंघले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । 

नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाखबराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।

एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij