सारांश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् ।
शुक्रबार वीर अस्पताल अगाडि राष्ट्रपतिको सवारीका लागि बाटो खाली गराइरहेका प्रहरीको आक्रमणमा सोही अस्पतालका एक डाक्टर परेपछि महामन्त्री थापाले शनिवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई दुःख दिने परम्परा र शैली बदल्नुपर्नेमा जोड दिएका छन् ।
“...विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँड्डुल गर्न नदिने अभ्यास ‘परम्परा’को नाममा चलिरहेको छ,” उनले लेखेका छन्, “यो शैलीप्रति हरेकपटक हामी आक्रोश पोख्छौँ अनि बिर्सिन्छौँ । योपटक पनि त्यस्तै हुन्छ । तर, यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्नेछ ।”