Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना


सारांश

संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना
images

काठमाडौं । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij