Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बाढी–पहिरो प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा


सारांश

बाढी–पहिरो प्रभावित ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
images
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रका आफ्ना इन्टरनेट ग्राहकलाई १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेटको महत्वपूर्ण भूमिका रहने भन्दै डिसहोमले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार डिसहोम इन्टरनेटको पहुँच रहेका त्रिशूली, त्रिशूली बजार/बट्टार, गल्छी, आदमघाट र मलेखु लगायतका प्रभावित क्षेत्रका ग्राहकले थप १५ दिनको निःशुल्क सेवा प्राप्त गर्नेछन्।
विपद्को कठिन समयमा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आपत्कालीन सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको डिसहोमले जनाएको छ।
कम्पनीले प्रभावित ग्राहकलाई धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोग आवश्यक परे सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।
यसैगरी, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डिसहोमले दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति ऐक्यबद्धता र कृतज्ञता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij