काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा आएको भीषण पहिरोले काठमाडौंलाई मुग्लिन हुँदै देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक सम्पर्क नै टुटेको छ।
पहिरोले सडकको ठूलो हिस्सा बगाएपछि उक्त खण्डमा तत्काल सवारीसाधन सञ्चालन गर्न नसकिने भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार सडकको अवस्था हेर्दा सडक पुनः सञ्चालनमा आउन कम्तीमा एक महिना लाग्न सक्ने देखिएको छ।