सारांश
काठमाडौं। अनेरास्ववियुको २३ औं महाधिवेशन यही फागुन २ गतेदेखि हुने भएको छ। फागुन २ देखि ४ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा महाधिवेशन चल्नेछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आइतबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन्।
महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउनेछ। महाधिवेशनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि उपस्थित हुनेछन्।