सारांश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
आइतबार झापाको गौरादह ४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएकाले ढाल्ने अनेक प्रकारका षड्यन्त्र भइरहेको बताए ।
देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको भन्दै ओलीले देशका समस्या समाधान गर्ने शक्तिहरु पनि रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखे ।