Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

जेनजी आन्दोलनमा चलचित्र हलमा १७ करोड क्षति


सारांश

जेनजी आन्दोलनमा चलचित्र हलमा १७ करोड क्षति
images

काठमाडौं । चलचित्र संघले जेनजी आन्दोलनका क्रममा देशभरका चलचित्र हलमा १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

शनिबार बसेको संघको बैठक अनुसार, ४ हलमा आगजनी र तोडफोड भएका छन् । सबैभन्दा ठूलो क्षति विराटनगरको भाटभटेनीस्थित क्यूएफएक्सलाई भएको छ, जहाँ भवन पूर्णरुपमा जलेको र करिब १५ करोड बराबरको नोक्सानी भएको छ ।

त्यसैगरी, गोंगबुस्थित ल्होत्से मलमा रहेको आइएनआई मल्टिप्लेक्स, भक्तपुर र बुटवलका क्यूएफएक्स हलका टिकट काउन्टरमा पनि क्षति पुगेको छ ।

संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले अवस्थालाई संवेदनशील बताउँदै केही दिन हल नखुल्ने जानकारी दिएका छन् ।

हाल मुलुकभर १६५ चलचित्र हल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij