सारांश
काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू बैठकमा अनुपस्थित भएका हुन् ।