Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

म कुर्सी बिना त मरेर पनि मर्न चाहन्न - लोकराज अधिकारी


सारांश

म कुर्सी बिना त मरेर पनि मर्न चाहन्न - लोकराज अधिकारी
images
भोलि
मेरा हात नचल्न सक्छन
मेरा खुट्टा नचल्न सक्छन
मेरो कानले नसुन्न सक्छन
मेरा आखाले नदेख्न सक्छन
म लुलो हुन सक्छु
म कुजो हुन सक्छ
त्यसैले आज नै
देश बिदेशमा रहेका
सबैलाई आव्हान गर्छु कि
मलाई त्यही एउटा कुर्सीमा
बसिरहन सक्ने बनाउन
साथ सहयोग गर्नुस
मेरालागि नाराजुलुस गर्नुस
मर्नु परे तपाईंहरु मर्नुस
किनकी कुर्सी बिना त म
सास फेर्न सक्दिन
संसार हेर्न सक्दिन
भोलि मेरो सास बन्द भयो भने पनि
त्यही कुर्सीसङ्गै शबयात्रा गरिदिनु
मलाई ब्रम्हनालमा नसुताउनु
किनकी सुताउदा कुर्सीबाट झार्नु पर्छ
म कुर्सी बिना सुत्न चाहन्न
म कुर्सि बिना जल्न चाहन्न
म कुर्सी बाट झर्न चाहन्न
म कुर्सी बिना त
मरेर पनि मर्न चाहन्न ।
 
[यस कविताका लेखक, गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी हुन्।]
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij