Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गभर्नरको खुलासा :राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट


सारांश

गभर्नरको खुलासा  :राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट
images

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा नगद र सुन लुटपाट भएको खुलासा भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमार्फत संसद् भवनभित्र रहेको उक्त शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुन लुटिएको जानकारी दिएका छन् ।

उनले भने, “एक ठाउँमा गम्भीर लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट नगद र सुन चोरी भएको हो ।”

गभर्नर पौडेलका अनुसार सो लुटपाटको मूल्य करिब ३८ करोड रुपैयाँ बराबर पर्छ । यसबारेमा सिसिटिभी फुटेज हेरेर अनुसन्धान भइरहेको उनले बताए ।

आन्दोलनका क्रममा पेमेन्ट सिस्टम निरन्तर सञ्चालनमा रहोस् भन्ने राष्ट्र बैंकको विशेष ध्यान थियो । त्यस बेला प्रणाली जोगाउनका लागि सम्पूर्ण बैंकिङ क्षेत्र सक्रिय रहेको गभर्नर पौडेलले बताए ।

उनका अनुसार आन्दोलनका क्रममा ६८ वटा बैंक शाखामा आक्रमण भएको र ६९ वटा एटिएममा असर पुगेको भए पनि समग्र बैंकिङ प्रणाली भने सामान्य अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij