सारांश
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहको फेसबुक स्टाटस मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
धरान उपमहानगर प्रमुख हर्क साम्पाङलाई लक्षित गर्दै उनले लेखेको उक्त स्टाटस रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । बालेनले साम्पाङप्रति आफ्नो एकोहोरो माया रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।”
बालेनको यो अभिव्यक्तिलाई उनका समर्थक र प्रयोगकर्ताले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गर्दै टिप्पणी गरिरहेका छन् ।
यसैबीच, गायिका रचना रिमालले पनि बालेनको स्टाटसमा प्रतिक्रिया दिएकी छन् । स्टाटस सेयर गर्दै उनले लेखेकी छन्, “जीवनमा माया गर्ने एकजना त चाहिन्छ ।”