Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

संविधानले नचिन्ने 'जनयुद्ध दिवस' मा बिदा दिने? : शेखर कोइराला


सारांश

संविधानले नचिन्ने 'जनयुद्ध दिवस' मा बिदा दिने? : शेखर कोइराला
images

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आज सार्वजनिक बिदा दिएकामा आपत्ति जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले देशमा कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

“एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,” उनले लेखेका छन्, “आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदै छ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ ?

 

  •  

 

 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij