काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले समेत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।
काठमाडौं महानगर समितिद्वारा शनिबार शान्तिबाटिका, रत्नपार्कमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै मृतक परिवारप्रति संवेदना प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंका नेता तथा कार्यकर्ताको समेत उपस्थिती थियो ।