सारांश
काठमाडौं । अभिनेता अनुपबिक्रम शाहीले बलिउडमा डेब्यु गर्ने भएका छन् । बलिउड मेगास्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गल्वान’ मार्फत उनले बलिउड प्रवेश गर्ने भएका हुन् ।
सलमान खान फिल्मसको ब्यानरमा बन्न लागेको यो वार ड्रामामा सलमानसँगै अनुपबिक्रमले पनि प्रमुख भूमिका निभाएका छन् । सन् २०२० मा गल्वान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको भिडन्तलाई कथावस्तु बनाई चलचित्र निर्माण भइरहेको हो ।
फिल्मको पहिलो चरणको छायांकन लद्दाखमा सम्पन्न भएको र दोस्रो चरणको सुटिङ अक्टोबर–नोभेम्बरमा मुम्बईमा हुने बताइएको छ ।
चलचित्रका निर्देशक अपुर्व लाखियाले यसलाई निर्देशन गरिरहेका छन् । ‘ब्याटल अफ गल्वान’को प्रदर्शन मिति भने अझै तय भएको छैन । चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको अनुपबिक्रमले सामाजिक सञ्जालमार्फत बताएका छन् ।