Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेस पुनर्गठनका विकल्प अघि सार्दै गगन: “म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु”


सारांश

कांग्रेस पुनर्गठनका विकल्प अघि सार्दै गगन: “म साधारण सदस्यमात्र भएर भुइँमा बस्न तयार छु”
images

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा व्यापक पुनर्गठन अपरिहार्य भएको भन्दै दुई विकल्प प्रस्तुत गरेका छन्।

शनिबार राति जारी भिडियो सन्देशमार्फत उनले पहिलो विकल्पका रूपमा पुरानो क्रियाशील सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता खुलाउने र विधानका सबै धारा निलम्बन गरी सिधा चुनावमार्फत नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन्। अर्को विकल्प भनेको विशेष महाधिवेशन आह्वान गर्नु पर्ने उनले बताए।

थापाले भने, “पार्टी रुपान्तरण र पुनर्गठनमा लाग्दा म साधारण सदस्य भएर भुइँमा बस्न तयार छु, किनकि पार्टीभन्दा माथि देश हुन्छ।” सभापति उपचाररत रहेको संवेदनशील समयमा असान्दर्भिक कुरा उठाएको आरोप अस्वीकार गर्दै उनले यो विषय सभापतिसँग सल्लाह गरेर अघि बढाइएको स्पष्ट पारे।

उनले युवाले उठाएको परिवर्तनको मागलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै भदौ २३ को दमन र २४ गतेको तोडफोड, आगजनी र लुटपाटका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। दोषीले सजाय नपाए आन्दोलनको बलिदानलाई बदनाम गर्ने खेल हुने चेतावनी पनि उनले दिए।

यस्तै, उनले आफूसहित ४६ पछि जिम्मेवारीमा रहेका नेतादेखि अदालत, प्रहरी, प्रशासन, सेना सबैको सम्पत्ति र स्रोत जाँचेर ‘दूधको दूध, पानीको पानी’ छुट्याइ प्रतिशोधबिनै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने ठोस कदमबाट मात्र सहिद परिवार भेट्न आफू योग्य हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij