सारांश
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
आज बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा उनले अध्यक्ष पद त्यागको घोषणा गरेका हुन्।
जेनजी आन्दोलनपछि पार्टी रूपान्तरण र पुनर्गठन आवश्यक भएको भन्दै भट्टराईले राजीनामा दिएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।
शर्माका अनुसार अब पार्टी विशेष महाधिवेशनमार्फत पुनर्गठनतर्फ अघि बढ्ने तयारीमा छ।