Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

पूर्व माओवादी सबैलाई एकतामा आउन प्रचण्डको अपील


सारांश

पूर्व माओवादी  सबैलाई एकतामा आउन प्रचण्डको अपील
images
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै नेतालाई एकतामा आउन अपील गरेका छन् ।
 
‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुन: एक बनाउने पहल भइरहेको संकेत गरेका छन्।

‘सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकताबद्ध भएर फेरि सामाजिक न्याय र रूपान्तरणका निम्ति अपिल गर्न चाहन्छु,’ उनले भने, ‘यो हामी सबैको निम्ति खुसीको कुरा हो, केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ। सबैले आ-आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि गरेका छन्।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij