Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

ओलीको चेतावनी : जेनजी आन्दोलनको नाममा अराजकता फैलाउन नदिनुहोस


सारांश

ओलीको चेतावनी : जेनजी आन्दोलनको नाममा अराजकता फैलाउन नदिनुहोस
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको माग जायज भए पनि त्यसको नाममा दलविहीन र दिशाहीन राजनीति गर्न खोजिएको भन्दै खबरदारी गरेका छन्।

भक्तपुर गुन्डुस्थित निवासमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रतिस्पर्धा, निर्वाचन र दलीय व्यवस्थामाथि घृणा फैलाउने प्रवृत्ति खतरनाक भएको बताए।

ओलीले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको माग जायज हो। तर जेनजी पुस्ताले सिंहदरबारमा आगजनी गर्ने वा अमानवीय व्यवहार गर्ने कुरा अस्वीकार्य छ।”

उनले सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आतङ्क फैलाउने र सामाजिक सद्भाव भड्काउने प्रवृत्तिलाई तत्काल रोक्न आवश्यक रहेको बताए। हालका घटनाले मुलुकलाई चौथाई शताब्दी पछाडि धकेलेको भन्दै अब सुधार गर्दै अघि बढ्नुपर्ने उनले जोड दिए।

रवीन्द्रनाथ ट्यागोरको “एक्ला चलो रे” को सन्देश उद्धृत गर्दै ओलीले सत्य र लोकतान्त्रिक मूल्यमा अडिग रहनुपर्ने बताए। साथै, दलहरूले समस्याको समाधान पार्टीभित्रै खोज्नुपर्ने र पत्रकारहरूले सत्य समाचारप्रति अडिग रहनुपर्नेमा उनले बल दिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij