सारांश
काठमाडौं । फूलपातीको दिन एकैसाथ रिलिज हुन लागेको तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को शो बाँडफाँट भएको छ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘बलिदान’लाई ४१ शो दिएको छ। दोस्रो स्थानमा रहेको ‘माइतीघर’लाई २८ शो र ‘हरिबहादुरको जुत्ता’लाई २७ शो तोकिएको छ।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँच आउटलेटमा ‘बलिदान’ले २१, ‘माइतीघर’ले १५ र ‘हरिबहादुरको जुत्ता’ले १४ शो पाएका छन्। वान सिनेमामा भने ‘बलिदान’ले १०, ‘माइतीघर’ले ९ र ‘हरिबहादुरको जुत्ता’ले ७ शो पाएका छन्। अन्य मल्टिप्लेक्सहरूमा पनि यस्तै बाँडफाँट भएको पाइन्छ।
‘बलिदान’ : निर्देशन सन्तोष सेन, कलाकार समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन।
‘हरिबहादुरको जुत्ता’ : निर्देशन दीपेन्द्र के खनाल, कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूत।
‘माइतीघर’ : निर्देशन मिलन तामाङ, कलाकार केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी र प्रकाश सपूत।