Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

हिंसा होइन, बुद्धिमत्ताले नेतृत्व गरौँ : सुदन गुरुङ


सारांश

हिंसा होइन, बुद्धिमत्ताले नेतृत्व गरौँ : सुदन गुरुङ
images

काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निसाना बनाउनु समाधान नभएको बताएका छन् । उनका अनुसार यस्ता कार्यले देशलाई अझ ठूलो क्षति पुर्‍याउँछ र सकारात्मक परिवर्तनलाई ओझेलमा पार्छ ।

शनिबार (असोज ११) सामाजिक सञ्जालमा उनले लेखेका छन्, “अहिले भावना तीव्र छ तर हिंसा समाधान होइन । हाम्रो देशलाई अझ ठूलो क्षति पुर्‍याउन सक्छ र परिवर्तनको लडाइँलाई कमजोर बनाउन सक्छ ।”

गुरुङले निर्वाचन नै युवाको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको उल्लेख गर्दै त्यस दिन शान्तिपूर्ण र अनुशासित ढंगले ऊर्जा प्रयोग गर्न आह्वान गरे ।

उनले आन्दोलनलाई आशाको आन्दोलन भएको स्पष्ट पार्दै भने, “हाम्रो आन्दोलन निर्माणको हो, विनाशको होइन । देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ । शान्त रहौँ, दृढ रहौँ, जय देश ।”

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछि अन्तरिम सरकार गठनका क्रममा हामी नेपाल अगाडि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij