Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेसले यस वर्ष चियापान नगर्ने


सारांश

कांग्रेसले यस वर्ष चियापान नगर्ने
images

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । सो क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण हुनुका साथै देउवाको निवास र पार्टी कार्यालयमा समेत आगजनी भएको थियो ।

आन्दोलनमा ७४ जनाको मृत्यु, दुई हजारभन्दा बढी घाइते, तथा राज्यका संवैधानिक अङ्गका संरचना र नेताहरुका घरमा क्षति पुगेको कांग्रेसले स्मरण गराउँदै यस्तो परिस्थितिमा चियापान गर्नु उचित नहुने निर्णय गरिएको बताएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा चाडपर्वकै बेला नेपाली नागरिकहरू शोकमा डुबेकाले राष्ट्रिय एकता र मेलमिलापलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

वि.सं. २०३३ सालमा बी.पी. कोइरालाले भारत निर्वासनबाट फर्किएर ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ घोषणा गरेको दिनको स्मरणमा कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij