सारांश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले भने,
“पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ समाचार सुन्न पाउनुहुनेछ। नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ।”