Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महत्वपूर्ण शक्तिपीठकाे दर्शन


सारांश

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महत्वपूर्ण शक्तिपीठकाे दर्शन
images
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेकाे महत्वपूर्ण शक्तिपीठ मध्येकाे नक्साल भगवतिकाे दर्शन गर्नुभएकाे छ ।
 
महाअषटमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवतीमा प्रथम महिला सविता पाैडेल सहित पुगेर दर्शन गर्नुभएकाे हाे ।
 
अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरेकाे भएपनि याे पटक नक्साल भगवतिकाे मात्र दर्शन गर्नुभएकाे र अन्य शक्तिपिठमा भेटी पठाएकाे राष्ट्रपतिकाे सचिवालयले जनाएकाे छ ।
 
दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij