सारांश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छन्।
उनले बागलुङका सहिद सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ का सहिद कान्छी नगरकोटीको परिवार र कीर्तिपुर मैत्रीनगरका सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरिन्।
प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न पुगेका थिए।
भेटपछि मन्त्री खरेलले पत्रकारसँग भने, “प्रधानमन्त्रीले पनि टीका लगाउनु भएन, मैले पनि लगाइनँ। सहिद परिवारको चाहना सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने नै हो।”