सारांश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने भन्दै रातको समयमा काठमाडौं आउ–जाउ नगर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यस अवधिमा बाढी, पहिरो, भूक्षयलगायत विपद्को सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।
जरुरी अवस्थामा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । यसअघि ललितपुर प्रशासनले पनि जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा ठूलो सवारी रोक्ने निर्णय गरिसकेको छ ।