Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री कार्कीको अपिल : “तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो”


सारांश

प्रधानमन्त्री कार्कीको अपिल : “तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो”
images

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएपछि जनताका नाममा सन्देश जारी गर्दै सुरक्षालाई सर्वोपरी प्राथमिकता दिन आग्रह गरेकी छिन् ।

उहाँले जोखिमको पूर्वआकलन गर्दै आवश्यक सहयोग लिन अप्ठेरो नमान्न आग्रह गर्दै भनिन्, “तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, तपाईं यसमा एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।”

प्रधानमन्त्रीले निरन्तर वर्षाका कारण नदीनालाको बहाव सतर्कताको तहमा पुगेको र धेरै स्थानमा पहिरोको सम्भावना रहेको जानकारी दिँदै सबै सरकारी निकायहरू उद्धार तथा राहतका लागि पूर्ण तयारीमा रहेको बताइन् ।

नेपाल प्रहरी, सशस्त्र, सेना, स्वास्थ्यकर्मी र प्रशासनिक निकायहरू २४ सै घण्टा सेवा दिन तयार रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरिन् ।

उहाँले नागरिकलाई सुरक्षित रहन र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न आग्रह गर्दै भनिन्, “तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ सुरक्षित रहनुस्।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij