Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

घाम लाग्यो काठमाडौंमा


सारांश

घाम लाग्यो काठमाडौंमा
images
काठमाडौं । काठमाडौं उपत्यकामा मधुरो घाम लागेको छ। लगातारको वर्षा रोकिएपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ।
 
हिजोको वर्षा र बाढीका कारण विस्थापित भएका स्थानीयहरू क्रमशः आ–आफ्नो घर फर्किन थालेका छन्। डुबानमा परेका घर तथा पसलहरूमा सरसफाइ सुरु भएको छ।
 
बागमती नदीको सतह बढ्दा बल्खु र कुलेश्वरका सुकुम्बासी बस्तीहरू प्रभावित भएका थिए। कुलेश्वर क्षेत्रका स्थानीयहरूलाई रातभर डुंगा प्रयोग गरी सुरक्षित स्थानमा सारिएको थियो। सुरक्षाकर्मीहरू अहिले पनि उद्धार र सरसफाइ कार्यमा खटिएका छन्।
 
मौसमविद्हरूका अनुसार अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना छैन। वर्षा पार्ने प्रणाली पूर्वतिर, विशेषगरी कोशी प्रदेशतिर सरेको छ।
 
मौसम सुधारसँगै हिजो अवरुद्ध आन्तरिक हवाई उडान आजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै जारी छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij