Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

जाँचबुझ आयोगले भन्यो : अपराध अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन


सारांश

जाँचबुझ आयोगले भन्यो : अपराध अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन
images

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको आयोगले फौजदारी अपराधमा संलग्न व्यक्तिमाथि कारबाही गर्न आयोगको प्रतिवेदनको पर्खाइ आवश्यक नपर्ने जनाएको छ।

आयोगका सदस्य विज्ञानराज शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै, यस्तो अपराधमा संलग्न जोकोहीमाथि नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही अघि बढाउन सक्ने स्पष्ट गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।”

शर्माका अनुसार आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij