Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मिराज ढुंगानाको चेतावनी: अब हुनेछ ग्रान्ड शक्ति प्रदर्शन


सारांश

मिराज ढुंगानाको चेतावनी: अब हुनेछ ग्रान्ड शक्ति प्रदर्शन
images

काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुङ्गानाले ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन्।

उनले बुधबार आफ्नो फेसबुक पेजमा प्रकाशित भिडियो सन्देशमार्फत “बिर्सेको छैन, कमजोर भएको छैन” भनी बोल्दै आगामी प्रदर्शनको संकेत दिएका हुन्।

भिडियोमा मिराजले प्रदर्शनको ठ्याक्कै मिति खुल्दै नसकेको बताए पनि भारत–जस्तो ठूलो र व्यापक प्रदर्शन हुने दावी गरे। उनले भने, “हामी कमजोर छैनौँ। छिट्टै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन गर्नेवाला छौँ। यो शान्तिपूर्ण हुनेछ र धेरै मानिसले हाम्रो साथ दिनुहुनेछ।”

पूर्वमा मिराजले भदौ २३ को प्रदर्शनमा भाग लिन आह्वान गरेका थिए तर ती मितिमा उनी सहभागी भएका थिएनन्; आफू माथि भएको धम्की र सुरक्षा चिन्ताका कारण घरमै बसेको उनले स्वीकारेका छन्।

भिडियो सन्देशमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री) नै मुख्य माग रहेको पुनः जनाए। मिराजले यस प्रणालीका सम्भावित जोखिम र नियन्त्रण उपायबारे लामो समय अनुसन्धान गरेकाले उनी आश्वस्त रहेको बताए र भने—त्यस्तो प्रणालीबाट प्रधानमन्त्रीलाई निरंकुश हुन नदिनको लागि ‘पावर ब्यालेन्स’ राख्ने नयाँ मोडल तयार पारिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij