सारांश
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।

शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ। मुख्य प्रशिक्षक मोन्टी देशाईको यो पहिलो प्रतियोगिता हो ।
यसैबीच नेपालले आज सन्दीप लामिछानेलाई मैदान उतारेको छ । सन्दीप पाँच महिनापछि नेपाली टोलीमा परेका छन् ।