सारांश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन्।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणमा उनीहरू घाइते भएका थिए। त्यसयता देउवा दम्पती सार्वजनिक रूपमा देखिएका थिएनन्।
सुरक्षाको संवेदनशीलता भन्दै उनीहरूको उपचार कहाँ भइरहेको छ भन्ने पनि सार्वजनिक गरिएको थिएन।
आज (मंगलबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका क्रममा पार्टी कार्यालय सानेपामा देउवा दम्पती देखिएका हुन्। उनीहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका थिए।