सारांश
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । उनले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार हुनुपर्नेमा जोड दिए ।
उनले भने, “कथंकदाचित गठबन्धन टुट्यो भने पनि तयार हुनुपर्छ ।”