Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेस नेता गोपालमान श्रेष्ठको सुझाव : राजसंस्थासहित सर्वपक्षीय भेलाबाट समाधान खोजौं


सारांश

कांग्रेस नेता गोपालमान श्रेष्ठको सुझाव : राजसंस्थासहित सर्वपक्षीय भेलाबाट समाधान खोजौं
images

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक जटिलताको समाधानका लागि राजसंस्थासहित सर्वपक्षीय भेला गर्नुपर्ने सुझाव दिएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले दलहरूलाई निषेध गर्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक बन्दै गएको बताएका छन् । श्रेष्ठले भने,

“लोकतन्त्रको नाममा राजनीतिक दलहरूलाई एनजिओहरूले विस्थापित गर्ने प्रपञ्च हुँदैछ । यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामै खतरा उत्पन्न गराएको छ ।”

उनका अनुसार अब राजनीतिक दलहरूले आपसी अविश्वास र निषेधको राजनीति त्यागेर सहकार्यतर्फ उन्मुख हुन जरुरी छ ।

श्रेष्ठले थपे,

“राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी आन्दोलनका फरक मत राख्ने सबै पक्षलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक छ । ढिलो गर्नाले समस्या झन् गहिरिनेछ, त्यसैले छिटो समाधान खोज्नुपर्छ ।”

उनको भनाइमा, देशको स्थायित्व र राष्ट्रिय एकताको लागि सबै शक्तिहरूबीच संवाद र सहमतिको बाटो नै एकमात्र विकल्प हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij