सारांश
काठमाडौं । अर्थतन्त्रलाई बलियो र दिगो बनाउनका लागि दीर्घकालीन नीतिको तर्जुमा र कार्यान्वयनका विषयमा केन्द्रीत भइ पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको छ।
वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवम् लगानीमैत्री वातावरणको सृजना गर्नुपर्ने, लगानीकर्ताहरूलाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीति नियममा सुधार गरिनुपर्नेमा सहभागी पूर्व मन्त्रीहरूको विशेष जोड रहेको थियो।
उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरू डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थ सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो।