Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जान जरुरी छैन : गृहमन्त्री


सारांश

अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जान जरुरी छैन : गृहमन्त्री
images

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक माग र असन्तुष्टि सडकमा होइन, संवादको माध्यमबाट समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहान बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग गरेको सामूहिक छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकारले संवादमै कुरा सुन्ने तयारी गरेको बताए।

“जसका पनि राजनीतिक मागहरू छन्, सरकारले संवादको माध्यमबाट ती कुरा सुन्नेछ,” उनले भने, “अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जान जरुरी छैन।”

उनका अनुसार सरकारले वार्तामार्फत समस्या समाधान गर्ने नीति लिएको छ र आन्दोलनकारी दल तथा समूहहरूलाई पनि यही बाटो रोज्न अनुरोध गरिएको छ। “सडकमा जाने पनि अन्ततः संवादको अपिल नै हो,” उनले थपे, “तर यदि संवादबाटै कुरा मिल्छ भने सडकमा नजाने होस्।”

गृहमन्त्री अर्यालले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन नहोस् भन्ने आग्रहसमेत गरे। “सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगोस् भन्ने सरकारको चाहना होइन,” उनले भने, “हिंसा कुनै हालतमा स्वीकार्य छैन। अहिंसात्मक र जिम्मेवार राजनीतिक संस्कार नै सही बाटो हो।”

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij