Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी


सारांश

प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी
images

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो ।

तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij