सारांश
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेकोछ ।
‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले अभियान सुरु हुने दिन फागुन ५ गते सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।