Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न


सारांश

गरिमा विकास बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न
images

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा पोखरा महानगरपालिका–१२ स्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको छ।

साधारणसभाले सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित लाभांशमा लाग्ने करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यससँगै, सभाले बैंकको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएका परिवर्तन, तथा अन्य आवश्यक अनुसूचीहरू समेत पारित गरेको छ। साथै आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

Garima-1763126255.jpg

विशेष प्रस्तावअन्तर्गत, साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ पुर्‍याउने, काठमाडौंको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयलाई आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने महत्वपूर्ण प्रस्ताव पनि पारित गरेको छ।

हाल विकास बैंकको चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।

गरिमा विकास बैंकले देशभर १२६ शाखा र ५१ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij