सारांश
काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई नेपाल प्रहरीले बैंकिङ् कसुरको आरोपमा पक्राउ गरेको छ।
सीआईबीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो भन्ने जानकारी सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले दिएका छन्।
यसअघि प्रभु ग्रुपका सञ्चालक तथा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई पनि सीआईबीले पक्राउ गरेको थियो। तर अदालत तारिखामा राखेर अनुसन्धान गर्न निर्देश दिएपछि भट्टचन रिहा भएका थिए।
कात्तिक २१ गते राति सीआईबीले प्रभु बैंकको मुख्यालयमा छापा मारेको थियो। प्रभु म्यानेजमेन्ट फण्डमार्फत भएको भनिएको गैरकानुनी कारोबारबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।