Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता


सारांश

नामिबियालाई हराउँदै स्कटल्याण्ड बन्यो लिग टु विजेता
images

काठमाडौं । ओपनर जर्ज मुन्शेको विष्फोटक शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । सात देश सम्मिलित आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको ओडिआई इतिहासमा १० विकेटको जित हात पहिलो पटक भएको हो । 

स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले बाँकी तीन खेल हार्दा र अन्य खेल्न बाँकी टोलीले सबै खेल जित्दा पनि ४८ अंकका पुग्न सक्दैनन् ।

त्यसैले औपचारिक रुपमा च्याम्पियन बनेको छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्यान्डले शुक्रबार नेपालसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij