Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


सारांश

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ
images

काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरील गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ ।

रेमिट्यान्सको रकम दुरुपयोगलाई ढाकछोप गर्न प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । यसका लागि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिइएको सीआईबीले जनाएको छ ।

प्रहरीले अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोलीसमेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसमेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानूनबिपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुरÞ्याएको पाइएको छ । यसअघि गत आईतबार प्रहरीले सिइओ शेरचन, सहायक सिइओ मनिराम पोखरेल र प्रमु्ख जोखिम अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि सिइआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । तर, उनले स्वास्थ्यको कारण देखाएपछि सरकारी वकिलको अनुरोधमा प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

प्रभु मनी ट्रान्सफरको रकम अनियमितता गरेको भन्दै अध्यक्ष कुसुम लामाले भट्टचन विरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत मुद्दामा अनुसन्धान अघि बढाएको हो । सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने÷गराउने कसुरमा संलग्न रहेका व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij