Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कांग्रेस सभापति लड्ने गगन थापाको घोषणा


सारांश

कांग्रेस सभापति लड्ने गगन थापाको घोषणा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij