Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की


सारांश

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की
images

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमै निर्वाचन सम्पन्न गरी युवा शक्तिको हातमा सत्ता हस्तान्तरण गर्दै मुलुकलाई तीव्र विकासको मार्गतर्फ अघि बढाउनु सरकारको प्रमुख दायित्व भएको बताएकी छन्।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार (मंसिर १८) काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले सरकार निर्वाचनका लागि पूर्ण तयारीमा जुटिसकेको जानकारी गराइन्।

प्रधानमन्त्री कार्कीले ‘जेनजी’ आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न सरकारले गम्भीरता अपनाएको उल्लेख गरिन्। भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी, तथा गास–बास–कपासको ग्यारेन्टी जस्ता मागहरू जायज भएको भन्दै ती पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij