सारांश
काठमाडौं । बेलायतको राजधानी लण्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल हुने भएको छ । नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यसहित नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना गर्न लागिएको हो ।
थर्ड आईले टिमको आयोजनामा हुन लागेको उक्त नेपाली फिल्म फेस्टिभलमा नेपालबाट करिब एक दर्जन कलाकारहरुको प्रस्तुती रहने थर्ड आईका टिमका निर्देशक विकास देवकोटाले बताएका छन् ।
उनका अनुसार करिब आधा दर्जन हलमा रिलिज भईसकेका तर युटुयुबमा प्रशारण नभएका फिल्महरु बेलायतकोे बिभिन्न सहरहरुमा प्रर्दशन गरिने भएको हो । नेपालीहरुको मौलिक संस्कृती, भेषभुषा र नेपाली चलचित्र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजन गर्न लागिएको हो देवकोटाले बताए । उनले भने “ अब बाट हामी यो कार्यकक्र बर्षिक रुपमा गर्ने योजना गराएका छौं । हामीले यहाँ प्राय नेपाली फिल्म हेर्न पाइदैन बिस्तारै अब यहाँ नेपाली फिल्म सहज रुपमा हेर्न पाईने व्यवस्थाको सहजिकरण गछौं ।
कार्यक्रममा नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लण्डन जाने भएका छन्, उक्त फेस्टिभल आगामी १८ देखि २५ फेब्रुअरीसम्म हुने र जीवन काँडाकी फूल, प्रकाश, झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म प्रर्दशनको तयारी गरिएको देवकोटाले बताए ।