Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

रवि–बालेन सहमति आज टर्‍यो


सारांश

रवि–बालेन सहमति आज टर्‍यो
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज हुने भनिएको सहमति तत्कालका लागि स्थगित भएको छ।

मेयर बालेन्द्र साह महानगरपालिकाको नगरसभामा व्यस्त रहेकाले सहमतिपत्रलाई अन्तिम रूप दिन नसकिएको स्रोतले जनाएको छ।

सहमतिको मस्यौदा तयार गर्न आज दिनभरि दुवै पक्षका वार्ताकारहरू सक्रिय रहे। वार्ताकारहरूले रास्वपा सभापति लामिछानेलाई भेटेर मस्यौदामाथि विस्तृत छलफल गरे पनि मेयर साहसँग अन्तिम परामर्श हुन नसकेको बताइएको छ।

स्रोतका अनुसार दुई पक्षबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ। भोलि निर्णायक छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij